लाभांश र एफपिओ निष्कासन प्रस्ताव पारितका लागि स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा

३ फाल्गुन २०८०, बिहीबार १०:३६

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।

साथै, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते बुकक्लोज गर्ने भएको हुँदा फागुन १० गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1707972056776

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*