छुट्नु होला है ! युनाइटेड इदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
३ फाल्गुन २०८०, बिहीबार १०:२९
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अर्थात् फागन ३ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको हुँदा फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर प्रयोजन) प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागिक कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन(१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।