डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

३ फाल्गुन २०८०, बिहीबार १०:३२

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीमा वितरण गरिनेछ ।

ddd

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*