युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार बहादुर खत्रीद्धारा राजिनामा

३ फाल्गुन २०८०, बिहीबार ०९:२४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात वर्ष लामो आबद्धता अन्त्य गरेका हुन् ।

बीमा क्षेत्रमा लामो समय काम गरेका खत्री निकै अब्बल मानिन्छन् । गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीमा युनाइटेडमा मर्ज भएपछि भागबण्डामा डेपुटी सिईओमा रहेर काम गर्दै आएका थिए ।

खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका थिए । खत्रीले नै अजोड इन्स्योरेन्सको कारोबार सुरु गराएका थिए । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री करिब २७ वर्षदेखि नेपाली इन्स्योरेन्स क्षेत्रमा कार्यरत रहँदै आएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीमा पुगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*