नेप्सेमा दुई हाइड्रोपावरको एक करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

२ फाल्गुन २०८०, बुधबार १७:३४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा माईको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार २५१ कित्ता र चिलिमेको १० प्रतिशत बोनस बापतको ७५ लाख ५८ हजार १८० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिएको बोनस सूचीकृत भएको हो । अब सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा भएपश्चात खरिद बिक्री गर्ने सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*