विकास बैंकको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?
२ फाल्गुन २०८०, बुधबार १७:०२
काठमाडौँ । साताको चौथो दिन सेयर बजारमा सुधार आएको छ । बजारमा झिनो सुधार आएपनि विकास बैंकको सेयर मूल्यमा उछाल आएको हो ।
बुधबार विकास बैंकको सेयर ९६.०७ अकंले बढेर ४११७.९८ बिन्दुमा बन्द भएको छ । आज सबै विकास बैंकको सेयर मूल्य बढेको छ ।
आज सर्वाधिक सेयर मूल्य बढाउने कम्पनीका कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य ४.८५ प्रतिशत अर्थात १८ रुपैयाँले बढेर ३८९ रुपैयाँ पुगेको हो ।