नेप्से सामान्य अंकले बढ्दा वित्त परिसूचकमा उछाल, कुनको शेयरमूल्य कति? (एलटीपीसहित)
२ फाल्गुन २०८०, बुधबार १७:११
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढ्दा वित्त (फाइनान्स) परिसूचकमा चौतर्फी हरियाली छाएको छ । आज यस उपसमूहको परिसूचक ६.५६ प्रतिशतले उचालिएको हो ।
यस दिन वित्त उपसमूहबाट कुल १५ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन् । जसमा सबै कम्पनीहरुको शेयरमूल्यमा लोभलाग्दो सुधार देखिएको छ ।
आज नेपाल फाइनान्सको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको छ । पाँच वित्त कम्पनीहरुको शेयरमूल्य ८ प्रतिशतभन्दा अधिकले बढेको छ ।
बुधबार गुर्खाज फाइनान्स लिमिटेडको शेयरमूल्य सर्वाधिक ६०६ रुपैयाँमा कारोबार भएको छ । चार वित्त कम्पनीहरुको शेयरमूल्य चार सय रुपैयाँमाथि कारोबार भएको छ । यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक कम ३३० रुपैयाँमा कारोबार भएको हो ।