बजारमा झिनो सुधार, मौद्रिक नीतिले आत्तिएका लगानीकर्ता ब्याजदर घट्दा हौसिएका हुन् ?

२ फाल्गुन २०८०, बुधबार १५:०५

काठमाडौँ । सेयर बजारमा सुधार देखिएको छ । उतार चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो । बैंकहरुले ब्याजदर घटाएका छन् । सेयर बजारमा शत्रुको रुपमा लिइने ब्याजदर घट्ला लगानीकर्तामा उत्साह आएको थियो । तर, मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले लगानीकर्तालाई खुसी बनाउन सकेन । सो कारण बजार हिजो भारी गिरावट आयो ।

५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा लगानीकर्तामा थियो । तर यसो नहुदाँ लगानीकर्ता रुष्ट बनेका छन् । अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले कर्जा लिएर अधिकतम १५ करोडसम्म र संस्थागतले बढीमा २० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २९७६.५० बिन्दुमा बन्द भएको छ । आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

७ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ । बुधबार विकास बैंक समूहको २.३८ प्रतिशत, फाइनान्स समूहको ६.५६ प्रतिशत लगायत ७ उपसूचक बढेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*