काठमाडौं जिल्ला अदालतका अधिकृत नै बलात्कार आरोपमा पक्राउ
२ फाल्गुन २०८०, बुधबार १४:२७
काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।
गजमेरबाट बलात्कृत भएको भन्दे एक युवतीले जोहरी दिएपछि पक्राउ गरिएको ललितपुरका एसपी तथा प्रवक्ता नवराज कार्कीले बताएका छन् ।
पक्राउ परेका गजमेरविरुद्ध ५ दिनको म्याद समेत थप भइसकेको छ । उनीविरुद्ध माघ २९ गते जाहेरी परेको थियो । जाहेरी परकै दिन उनलाई प्रहरीले पक्राउ गरेको हो ।