कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल छ एनआईसी एशिया बैंक, सेवामा उत्कृष्ट

२ फाल्गुन २०८०, बुधबार १४:४०

काठमाडौँ । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल रहेको बताएको छ । पछिल्लो समय समाजिक संञ्जालमा प्रकाशित समाचारहरू प्रति ध्यानाकर्षण जनाउँदै बैंकले यस्तो बताएको हो ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको बैंकले जनाएको छ । बैंकले भनेछ, कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा उत्कृष्ट छौं ।

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित रहेको भनेको छ । संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, सम्पूर्ण वित्तीय सूचकहरुमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंकको मिशनमा निरन्तर सफल भएको जनाएको छ ।

बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको जनाएको छ । बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको जनाएको छ ।

बैंकले पछिल्लो समय आफ्ना सेवा देशका ग्रामीण भेगदेखि सहरी क्षेत्रमा बलियो बनाएको छ । शाखा कार्यालय र एटिएम बिस्तारमा समेत बैंकले निकै ठुलो फड्को मारेको छ । ग्राहकहरुको सेवा सुविधामा बैंक निकै अब्बल कहलिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*