गरिमा विकास बैंकको ५ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

२ फाल्गुन २०८०, बुधबार १३:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तmर्फको ५ लाख २५ हजार ९१०.२१ कित्ता बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट माग बमोजिम आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*