सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, सबै आवेदकले पाए ५० कित्ता सेयर, यसरि हेर्नुहोस् नतिजा
काठमाडौँ । सर्वोत्तम सिमेन्टले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । आइपीओमा स्थानीय बासिन्दाहरु १ हजार २२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता सेयरको लागि जम्मा आवेदन प्राप्त भएको थियो ।
रीतपुर्वक प्राप्त भएको जम्मा २ लाख ४८ हजार ४७० कित्ता शेयर बाँडफाँटमा समावेश गरिएको हो । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आइपीओ बाँडफाँट भएको हो ।
जसमा सम्पर्ण आवेदकले ५० कित्तामा हात पारेका हुन् । साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता शेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता शेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने जनाएको छ ।
उक्त बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटलको वेभसाइट www.globalimecapital.com.np, सह निष्कासन तथा बिक्री प्रबन्धकहरु क्रमशः एनआइएमबी एस क्यापिटलको वेभसाइट www.nimbacecapital.com र प्रभु क्यापिटलको वेभसाइट www.prabhucapital.com , निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेभसाइट www.sarbottamcement.co र सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने ।