सिटिजन लाइफको सुर्यविनायक शाखाले सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सिटिजल लाइफ इन्स्योरेन्स कम्पनीको सुर्यविनायक शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखाले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा एबीएम लोकमाया अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
सो बीमा सचेतना कार्यक्रमको अगुवाई एजेन्सी मेनेजर रजनी बोगटी लम्सालले गरेकी थिइन् । कार्यक्रममा विभिन्न जिल्लाबाट विपद् व्यवस्थापनको तालिम लिन आएका सशस्त्र प्रहरी बलका कर्मचारीहरुको सहभागितामा शाखाले बीमा सचेतना कार्यक्रम संचालन गरेको जनाएको छ ।
सो बीमा सचेतना कार्यक्रमप्रति सशस्त्र प्रहरी बलका उच्च पदस्थ कर्मचारीहरुसमेतको सहभागिता रहेको थियो । सचेतना कार्यक्रम सम्पन्न भएपछि सशस्त्र प्रहरी बलका एसएसपी लगायतका टोलीले कार्यक्रम जीवनोपयोगी भएको र यसले एकदमै राम्रो सन्देश दिएको प्रतिक्रिया दिएको कम्पनीले उल्लेख गरेको छ ।