कुमारी सबल योजनाको इकाईमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
२ फाल्गुन २०८०, बुधबार १०:३९
काठमाडौँ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । अब उक्त इकाईमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।