आज श्रीपञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराइँदै

२ फाल्गुन २०८०, बुधबार ०८:०१

काठमाडौं । विद्याकी देवी सरस्वती देवीको पुजा तथा आरधाना गरेर आज श्रीपञ्चमी पर्व मनाइदैछ । यो पर्वलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
विद्याकी देवी सरस्वती देवीको पुजा गरिने भएकोले श्रीपञ्चमीमा बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाउने गरिन्छ । सोही कारण आज देशका मुख्य मुख्य सरस्वती देवीकी मन्दिरहरुमा बालबालिकासहितको भिड लाग्ने गर्दछ ।

श्रीपञ्चमीको दिन सरस्वतीको पुजाआजा गर्नाले बाणी शुद्ध हुने विश्वास रहि आएको छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती को पुजा गरिने शास्त्रमा उल्लेख छ ।

सरस्वती देवीको कसरी पूजा गर्ने ?
श्रीपञ्चमीको दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइ पूजा गर्नाले शुभ प्राप्त हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*