समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त
१ फाल्गुन २०८०, मंगलवार १८:३०
काठमाडौ। समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् ।
फाइनान्सले गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्तौलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।