अब नोट तथा सिक्का छपाई गर्दा विद्युतीय बोलपत्र आह्वान गर्नु नपर्ने

१ फाल्गुन २०८०, मंगलवार १८:१०

काठमाडौं । अब नोट तथा सिक्का छपाई गर्दा विद्युतीय बोलपत्र आह्वान गर्नु नपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्युतीय खरिद सञ्चालन निर्देशिका, २०८० लाई संशोधन गर्दै नोट तथा सिक्का छपाई खरिद पक्रियामा विद्युतीय बोलपत्र आह्वान गर्नु नपर्ने व्यवस्था गरेको हो । विद्युतीय खरिद सञ्चालन निर्देशिका, २०८० को दफा ५ मा उपदफा थपेर सो व्यवस्था गरिएको हो ।

साथै संशोधनसँगै विद्युतीय बोलपत्र गरेपछि अन्य माध्यमबाट सूचना प्रकाशन गर्न नपर्ने व्यवस्थालाई हटाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*