नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?
काठमाडौैं । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन्।दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ ।
नेपाल लाइफले अधिकाँश सूचकमा आफुलाई अब्बल सबित गरेको हो । चुक्ता पूँजी सबै भन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये सबै भन्दा बलियो कम्पनी समेत हो ।चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष, कुल बीमाशुल्क खुद बीमाशुल्क र खुद नफामा समेत अग्रता कायमै राख्न सफल भएको छ ।
बीमा प्राधिकरणको चुक्ता पुँजीको योजनामा सरिक हुनको लागी पुँजी पुराउन जुटेर एक बनेको हिमालयन लाइफको प्रगती पनि मर्जरपछि लोभलाग्दो नै देखिएको छ।
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरु प्रभु लाइफ भने तुलनात्मक रुपमा कमजोर देखिएको छ ।
चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजीको पुँजीको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थामा रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
दोस्रो हिमालयन लाइफ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । हिमालयन लाइफ प्राइम, गुराँस लाइफ र युनियन लाइफ मिलेर मर्जर पछि बनेको संयुक्त कम्पनी हो । एकीकृत कारोबारपछि कम्पनीको व्यवासाय विस्तार पनि लोभलाग्लदो नै रहेको छ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको पुँजी ५ अर्ब माथि रहेको छ।
त्यस्तै, सूर्य ज्योती लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब २३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको ४ अर्ब १८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ अर्ब रुपैयाँ, आइएमई लाइफको ४ अर्ब रुपैयाँ, सिटिजन लाइफको ३ अर्ब ७५ करोड रुपैयाँ, सन नेपाल लाइफको ३ अर्ब ७५ करोड रुपैयाँ, सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ, एशियन लाइफको ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो भने एलआईसी नेपाल अग्रस्थानमा रहेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब रुपैयाँ रकम संञिती रहेको छ। दोस्रोमा सूर्य ज्योती लाइफ रहेको छ। कम्पनीको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ रकम संञ्तिी रहेको छ।
त्यस्तै, रिलायबल नेपाल लाइफको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ३१ करोड रुपैयाँ, नेपाल लाइफको १ अर्ब रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९२ करोड रुपैयाँ, आइएमई लाइफको ८५ करोड रुपैयाँ, सिटिजन लाइफको ६८ करोड रुपैयाँ, नेशनल लाइफको ६० करोड रुपैयाँ, एशियन लाइफको ३९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ९ करोड २६ लाख रुपैयाँ र हिमालयन लाइफको ७ करोड २२ लाख रुपैयाँ रहेको छ।
जीवन बीमाकोषको आधारमा
जीवन बीमा कोषको आकार नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।
नेपाल लाइफले पहिलो त्रैमाससम्म एक खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेर राखेको छ । जुन यो गत आवको तु्लनामा १०.९६ प्रतिशत बढी हो ।
त्यस्तै, एलआइसी नेपालले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै पहिलो त्रैमाससम्म १ खर्ब १३ अर्ब ८० करोड रुपैयाँ संचित गरेको छ ।
साथै नेशनल लाइफले पनि चालु आर्थिक वर्षको ६ महिनामा बीमाकोषको आकार बढाएर कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ संचित गरेको छ ।
साथै, हिमालन लाइफको ५८ अर्ब ४८ करोड, राष्ट्रिय जीवन बीमाको ५२ अर्ब ६३ करोड, एशियन लाइफको ४० अर्ब ९ करोड, सूर्यज्योति लाइफको ३० अर्ब ५१ करोड, सानिमा रिलायन्सको १२ अर्ब ६९ करोड, सिटिजन लाइफको १२ अर्ब ७ करोड, रिलायबल नेपालको ८ अर्ब ५३ करोड, प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड, आइएमई लाइफको ७ अर्ब ९९ करोड र सन नेपालको ६ अर्ब ५१ करोड रुपैयाँ संचित रहेको छ ।
कुल बीमाशुल्कको आधारमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा २० अर्ब ६ लाख बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा नेशनल लाइफले ८ अर्ब ५६ करोड, हिमालयन लाइफले ८ अर्ब ९ करोड, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड तथा एशियन लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सानिमा रिलायन्स लाइफले २ अर्ब ७८ करोड, सिटिजन लाइफले २ अर्ब ७३ करोड, मेट लाइफले २ अर्ब ६८ करोड, आईएमई लाइफले २ अर्ब १० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड र सन नेपाल लाइफले सर्वाधिक कम १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
गत वर्षको तुलनामा चालु आवको वृद्धिदर हेर्ने हो भने सानिमा रिलायन्स लाइफ अघि रहेको देखिन्छ ।
यस कम्पनीको कुल बीमाशुल्क आर्जन १३६.०७ प्रतिशतले बढेको छ । दोस्रोमा प्रभु महालक्ष्मीको ९६.५७ र तेस्रोमा सूर्यज्योति लाइफको ५९.७३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, आईएमई लाइफको १२.३३, नेशनल लाइफको ११.४६, एशियन लाइफको ९.५७ प्रतिशतले बढेको छ । हिमालयनको ८.५१, रिलायबल नेपालको ८.१७, नेपाल लाइफको ७.३७ र सिटिजन लाइफको सर्वाधिक कम २.७० प्रतिशतले बढेको छ ।
दुई कम्पनीहरुको भने कुल बीमाशुल्क आर्जन घटेको देखिएको छ । जसमा नेपाल इन्स्योरेन्स कर्पाेरेशनको ०.७६ र सन नेपाल लाइफको ९.४३ प्रतिशतले घटेको छ ।
अभिकर्ता कमीशनको आधारमा
नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीले ७६ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ ।
तेस्रोमा लाइफ इन्स्यारेनन्स कर्पोरेशन (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्ममा ६६ करोड ९ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।
त्यस्तै, हिमालयन लाइफले ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३७ करोड ८५ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्सले २८ करोड ७९लाख रुपैयाँ, सिटिजन लाइफले २७ करोड ५५ लाख रुपैयाँ, अभिकर्ता कमीशनमा खर्चिएका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मीले २३ करोड ८ लाख रुपैयाँ, रिलायबल नेपालको २१ करोड ८६ लाख रुपैयाँ, आइएमई लाइफले २० करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफले १४ करोड ९० लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।
मुनाफाको आधारमा
सर्वाधिक नाफा हुने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको नाफा १२.९० प्रतिशतले बढेर ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३७ करोड ८८ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, नेशनल लाइफको मुनाफा १६.९१ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ६२.९३ प्रतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ, आइएमई लाइफको ९६.१४ प्रतिशतले बढेर २३ करोड ४७ लाख रुपैयाँ, रिलायबल नेपालको ४.९७ प्रतिशतले बढेर २३ करोड रुपैयाँ, सानिमा रिलायन्सको ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, मेट लाइफको नाफा ३३.५३ प्रतिशतले बढेर १९ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख रुपैयाँ, एशियन लाइफको ११.४५ प्रतिशतले बढेर १५ करोड रुपैयाँ, एनआइसी नेपालको ५९.७९ प्रतिशतले बढेर १३ करोड र सिटिजन लाइफको २.७३ प्रतिशतले बढेर १२ करोड रुपैयाँ रहेको छ ।
प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने सन नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाा ५२ पैसा रहेको छ।
सबैभन्दा कम प्रभु महालक्ष्मी लाइफको रहेको ।छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २१ पैसा रहेको छ।
पिई रेसियो
पिई रेसियोको आधारमा हेर्ने हो भने सिटिजन लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीको पिई रेसियो ७१। ७२ रहेको छ ।
सानिमा रिलायन्सको सबैभन्दा कम रहेको छ। कम्पनीको पिई रेसियो ४४।४७ रहेको छ।
प्रतिशेयर नेटवर्थको आधारमा
प्रतिशेयर नेटवर्थको आधारमा हेर्ने हो भने सानिमा रिलायन्स लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८७।०४ रहेको छ।
सबैभन्दा कम प्रभु महालक्ष्मी लाइफको रहेको छ। कमपनीको प्रतिशेयर नेटवर्थ १२०।१ रहेको छ।