कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा
१ फाल्गुन २०८०, मंगलवार १३:०६
काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा एनसिसि र कुमारी बैंक मर्जरपछि पनि अध्यक्षमा कार्यरत रहेका थिए ।