इभीका कारण भन्सार राजश्व घट्योः अर्थमन्त्री डा. महत

२९ माघ २०८०, सोमबार १६:०४

काठमाडौं । सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गर्दै इभी गाडीका कारण भन्सार राजश्व घटेको स्वीकार गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले भने, ‘आजको अर्थतन्त्र परिवर्तन भइरहेको छ । हामीले ग्रिन इकोनोमीका लागि इभी गाडीका लागि कर छुट गर्यौं । त्यस्ता गाडीको आयात ह्वात्तै बढ्यो । त्यसले पनि राजश्व संकलनमा असर परेको छ ।’

अर्थमन्त्री डा. महतले भारतले राजश्व संकलन गर्ने परम्परागत शैलीलाई अब परिवर्तन गर्दै अब नयाँ शैली अपनाउनु पर्ने बताए । मन्त्री महतले नेपालको अर्थतन्त्रमा नयाँ उद्योगको रुपमा आइटी क्षेत्र आइसकेको समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*