साढे ७ लाख कित्ता आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर, बोर्डमा दियो अनुमतिका लागि आवेदन

२९ माघ २०८०, सोमबार १४:१४

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । जसको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*