स्वस्तिक लघुवित्तले ८० लाखको आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
२९ माघ २०८०, सोमबार १४:०८
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अंिकत मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ ।
बोर्डको अनुमति पश्चात कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।