यातायात विभागका महानिर्देशकलाई दलियो कालोमोसो, लाइसेन्स घोटालामा संलग्न भएको आरोप
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै मीनभवनस्थित विभागको कार्यालय पुगेर महानिर्देशक रिजाललाई कालोमोसो दलेको हो ।
प्रहरीका अनुसार कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । लाइसेन्समा भएको घोटाला तथा नक्कली लाइसेन्सको विषय बाहिर आएसँगै सर्वत्र आलोचना भइरहेको छ । यस विषयमा अख्तियारले समेत अनुसन्धान गरिरहेको छ ।
महानिर्देशक रिजाललाई विभागीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ‘एस म्यान’का रुपमा हेर्ने गरिएको थियो । मन्त्रालयले पारित गरेको कार्यविधिले लाइसेन्स वितरणको काम प्रदेश मातहत दिए पनि प्रदेशमा संयन्त्र तयार नभएको भन्दै विभागले नै लाइसेन्स प्रिन्ट गर्ने लगायतका काम गरेर कमिसनको खेलो गरिरहेको आरोप लागेको छ ।
विभाग र मन्त्रालयले चाहिने भन्दा पनि अचाहिने काम बढिगरिरहेको र यातायात व्यवसायी र उपभोक्ताको हित प्रतिकूल अघि बढेको आरोप समेत लाग्दै आएको छ ।