रिलायबल नेपालको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

२९ माघ २०८०, सोमबार ०९:५८

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो ।

कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको भत्ता अनुमोदन र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*