बानेश्वरस्थित सडक डिभिजनका हाकिमको निवासमा आगलागी, एक झोला पैसा जल्यो

२८ माघ २०८०, आईतवार १६:३५

काठमाडौं । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी हुँदा पैसा समेत जलेको छ । आइतबार दिउँसो भएको आगलागीमा पैसा समेत जलेको हो । प्रहरी वृत्त बानेश्वरका अनुसार एक सय, पाँच सय र हजार दरका रुपैयाँका नोट जलेको अवस्थामा एक झोला फेला परेको छ ।

कति रकम जल्यो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सीडीई नारायणदत्त भण्डारी बस्ने ठाउँमा भएको बताइएको छ । निवासमा अर्का एक जना युवक बस्दै आएको प्रहरीले बताएको छ ।

‘कोठामा पोर्चुगलमा जान लागेका एक जना युवा बस्ने गरेको खुलेको छ । ती युवकका कागजातहरू पनि जल्यो भन्ने छ, प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले भने । आगलागी भएपछि प्रहरी वृत्त बानेश्वर र अग्नी नियन्त्रकको टोली घटनास्थल पुगेको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुसन्धान विवरण दिएको छ ।

आगलागी भएको केही समयमा ग्यास सिलिण्डर पड्किएको थियो । मानवीय क्षति नभए पनि आयो नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*