हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा नगद लाभांश खातामा पठाउन सुरु

२८ माघ २०८०, आईतवार १५:३६

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.३७ प्रतिशत नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न भने छ । सो पश्चात मात्र खातामा नगद लाभांश जम्मा हुनेछ । बोनस सेयर भने सूचीकरण भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*