छोराछोरी पछि चौथो तलाबाट हामफालेकी रविनाको पनि गयो ज्यान
२८ माघ २०८०, आईतवार १४:२४
काठमाडौं । ललितपुरको इमाडोलमा घरको चौथो तलाबाट हाम फालेकी महिलाको ज्यान गएको छ । चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रविना महर्जनको उपचारका क्रममा ज्यान गएको हो । किस्ट अस्पतालमा उपचारका क्रममा महर्जनको ज्यान गएको प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।
शनिबार अपराह्न साढे ४ बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबाट उनले हाम फालेकी थिइन् । ४ तला माथिबाट हाम फालेकी महर्जनलाई उपचारका अस्पताल पठाएर घरभित्र हेर्दा उनका २ छोरा-छोरी अचेत अवस्थामा भेटिएका थिए ।
उनका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले ज्यान गइसकेको घोषणा गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने बच्चाहरुको मृत्युको कारण समेत खुलिसकेको छैन ।