नेसनल लघुवित्तको नाफा १० करोड ४१ लाख रुपैयाँ, वितरणयोग्य नाफा साढे ३८ करोड, अन्य सूचक कस्ता ?

२८ माघ २०८०, आईतवार १२:०६

काठमाडौँ । नेसनल लघुवित्त वित्तीय संस्थाको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ३५.५४ प्रतिशतले घटेर १० करोड ४१ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.३३ प्रतिशतले बढेर ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३२ करोड ३० लाख २७ हजार रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको संचालन नाफा १४ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.५४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २३ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ, जगेडा कोष ०.७२ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४३ लाख ९२ हजार रुपैयाँ र वितरयोग्य नाफा ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ३.७४ प्रतिशथ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३५ पैसाले घटेर १९ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*