हिमालयन डिष्टिलरीको मुनाफा १६ करोड ३६ लाख, प्रतिसेयर आम्दानी कति ?
२८ माघ २०८०, आईतवार १०:५७
काठमाडौँ । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ४४.३८ प्रतिशतले घटेर १६ करोड ३६ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी २६.१५ प्रतिशतले घटेर ९५ करोड ५९ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसाले घटेर १२ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०२ पैसा छ ।