सानिमा रिलायन्स लाइफको मुनाफा ९६ बढ्यो, जीवन बीमा कोष कति?
काठमाडौं सानिमा रिलायन्स लाइफले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा घटेको छ भने व्यवसायमा वृद्धि भएको छ ।
कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा वृद्धि भएको छ । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३६.०७ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ७।४६ प्रतिशतले वृद्धि भएर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा भने कम्पनीको मुनाफा ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको मुनाफा दोस्रो त्रैमासको अवधिमा ९६ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यसअवधिमा २१ करोड रुपैयाँ पुराएको छ ।
कम्पनीको हालको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ, जगेडा कोषमा ९२ करोड रुपैयाँ र जीवन बीमा कोषमा १२ अर्ब रुपैयाँ रकम संञिती रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिकरण) १० रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५।४४ रहेको छ ।