नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६।६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १२।३६ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको १६ लाख ३३ हजार ७९५।८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस बैंकले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।