आशा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ऋणात्मक, अन्य सूचक कस्ता ?

२६ माघ २०८०, शुक्रबार १४:०९

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनी ३ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष यहि अवधिमा कम्पनी ५ करोड २६ लाख रुपैयाँ संचालनमा नाफामा थियो ।

पुष मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७.४८ प्रतिशतले बढेर १४ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १३ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत, वितरणयोग्य नाफा ३ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २५ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ०१ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*