नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत
२६ माघ २०८०, शुक्रबार १४:००
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन सांग्रिल डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
सांग्रिला विकास बैंकको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
त्यसैगरी, स्वावलम्बन लघुवित्तको १२.३६ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १५ लाख ९५ हजार ४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो । सो शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।