नाडेप लघुवित्तको मुनाफा घट्यो
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
यो गत वर्षको यसैअवधिको तुलनामा ३७।८२ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म १ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।खुद ब्याज आम्दानी १६ करोड २८ लाखबाट घटेर १२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
जसका कारण नाफामा असर परेको हो । यता, ६१ लाख रुपैयाँ इम्पेयमेन्ट चार्ज रिभर्स भएको छ । यसको सञ्चालन नाफा ३८।८९ प्रतिशतले घटेर १ करोड ४८ लाख रुपैयाँमा झरेको छ ।नाडेप लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यस संस्थाको जगेडा कोषमा २९ करोड ६६ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १७४ रुपैयाँ १८ पैसा छ । यसको वितरणयोग्य नाफा जम्मा ९२ हजार रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ ।