म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन लाइफले सेयरको लक इन अवधि कहिले सकिन्छ ?
२५ माघ २०८०, बिहीबार १७:०४
काठमाडौँ । म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरको ‘लक इन’ अवधि फागुन २७ गते सकिने भएको छ ।
कम्पनीको हाल ४ लाख ३४ हजार ९०६ कित्ता शेयर म्युचुअल फण्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो ।
कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल रहेको छ ।