करोडौंको सरकारी जग्गा आफन्तका नाममा दर्ता गरेको आरोपमा २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

२५ माघ २०८०, बिहीबार १७:२६

काठमाडौं । करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगरविकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसहित २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।

छानविनका क्रममा टिकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघसंस्थाहरुलाई वितरण गर्दा प्रचलित कानुन तथा व्यवस्था बमोजिम नगरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा समितिका पदाधिकारी तथा कर्मचारीले मिलेमतोमा नक्कली कागजातहरु खडा गरी जग्गा नामसारी गरेको खुल्न आएको दाबी अख्तियारले गरेको छ ।

आरोपी २४९ जनाविरुद्ध विगो कायम गरी कैद तथा जरिवानाको मागसहित अख्तियारले विहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

ciaaaa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*