जीवन बीमा (कविता)

निर्मल कुमार लामिछाने
२४ माघ २०८०, बुधबार १८:५२

जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक
सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक ।

जस्को हुन्छ बचत थोरै लिनु लघु बीमा
बचत बढ्दा थप्न मिल्छ यसको अरू सिमा ।

बालकहरू कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा
जस्को कमाइमा टिकेको छ उनीहरूको परिवारकोमा।

जब व्यक्ति वयस्क हुन्छ बुझाइ दिनु सुलभ
शुल्क कम,सुरक्षा ज्यादा बीमा अबधि भर।

कोहि होलान दुई बीस, बीमा नगरेका
भनि दिनु लिदा हुन्छ आजिवन साबधिक ।

सुरक्षा र बचत हुन्छ लोक परलोकमा
आजीवनले दिन्छ डबल रकम बीमा परिपक्कमा ।

देशमा कमाई नभई जान्छन जो परदेश
सजिलो बीमा लिई तिर्दा शुल्क सीमित ।

व्यापारी व्यवसायी जोखिम धेरै मोल्दा
समुन्नती राम्रो हुन्छ शुल्क थोरै तिर्दा ।

बचत कमै भएता पनि जोखिम सबै बोक्ने
सबै भन्दा उत्तम बीमा सधैभरी बिक्ने ।

व्यक्ति पनि फरक हुन्छन कोहि कोही कस्ता
कतिले त तिर्छु भन्छन एकैपटक किस्ता ।

एकल भुक्तानी बीमा पनि अनौठो नै मान्छौ
करिब करिब ६५ प्रतिशत शुल्क मात्र तिर्छौ ।

कुरा गर्दा गर्दै मात्र बीमा साबधिक
अझै बाकी छ है भन्न बीमा आबधिक ।

एक पटक शुल्क तिर्ने जोखिम मात्र बोक्ने
बन्दुक जस्तै गोली ठोक्ने जोखिम पुरै बोक्ने।

दैनिक जान्छन शय बीस नेपाली रोजगारी खोजिमा
ढुक्क हुँदै बैदेशिक रोजगार बीमा बोकी गोजीमा ।

यतिमात्र सिमित होईन है जीवन बीमामा ज्ञान्
पुरक करार बाकी नै छ तिमी अब जान् ।

बीमित कुनै कतै दुर्घटनामा परेमा
दिन्छ रकम दुई गुणा मान्छे पनि मरेमा ।

रोग मात्र कहाँ होर दुर्घटना जोखिम पनि बोक्दछ
पुर्ण अशक्त भएमा बीमाङ्क रकम भुक्तानी गर्दछ ।

प्रस्तावक कुनै पनि कारण मृत्यु भएमा
बीमितले पाउने छ प्रत्येक महिना तलव।

शुल्क छुट कुरा नै नगरू
प्रस्ताबक मरे बीमा हुन्छ सुचारू ।

दुर्घटनामा परेर आईसीयुमा बसेमा
उपचार खर्च आउँछ अपरेशन गरेमा ।

प्रस्तुतकर्ताः निर्मल कुमार लामिछाने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*