जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल, निर्जीवनको अवस्था कस्तो ?
२४ माघ २०८०, बुधबार १६:२९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा आएको निरन्तर सुधारले अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो ।
आज जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा सूचीकृत १२ जीवनज बीमा कम्पनी मध्ये ११ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको हो ।
यस दिन बीमा उपसूचक १३६.५९ अकंले बढेको छ ।
आज निर्जीवन बीमा उपसूचक ४२.३२ अकंले घटेको छ । यस दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन्। जसमध्ये ५ कम्पनीहरुको सेयरमूल्यमा हरियाली छाउदा ७ कम्पनीको सेयर मूल्य राताम्य भएको हो ।