घरबाटो सिफारिस गर्न पाँच लाख घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

२४ माघ २०८०, बुधबार १५:५५

काठमाडौं । घरबाटो सिफारिस गर्न घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरकोे छ ।

घरबाटो सिफारिस गरिदिन घुस मागेको भन्ने उजुरीको आधारमा खटेर गएको अख्तियारको टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीलाई पाँच लाख रुपैया घुस लिइसकेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अख्तियारले बुधबार वडाध्यक्ष कार्कीविरुद्ध पाँच लाख रुपैयाँ विगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*