लय समाल्दै सेयर बजार, कारोबार भने खुम्चिदैं
काठमाडौँ । सेयर बजारमा लगातार तेस्रो दिन समेत सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किदा बजारमा सुधारले बल पाएको हो ।
सेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दो क्रममा छ । फागुनमा पुनः ब्याजदर घट्ने संकेत देखि सकेको छ । सो कारण समेत बजार अघि बढ्ने आंकलन हुन थालेका छन् । मौद्रिक नीति समीक्षामार्फत केन्द्रीय बैंकले कर्जा प्रवाहमा सहजता हुने गरी नीतिगत व्यवस्था गर्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकले पनि त्यसैतर्फ संकेत गरेको छ । बजार विरोधी नीतिहरुलाई पूर्णरुपमा खुकुलो बनाउने हो भने बजारले नयाँ यात्रा तय गर्न सक्ने देखिन्छ ।
बजार बलियो बनाउनमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेलेको हुन्छ । लगानीकर्ताको मनोबल बिस्तार दलिरो बन्दै गएको अवस्था छ । यसले पनि बजारलाई बलियो बनाउँदै लगि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ७७ करोड ३२ लाख २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सात उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.२६ प्रतिशत र विकास बैंक समूहको ०३० प्रतिशतले बढेको हो ।