मुलुकको अर्थतन्त्र लयमा आइसकेको छ, ब्यापार ब्यवसाय गर्ने समय यहि होः अर्थमन्त्री महत

२४ माघ २०८०, बुधबार १२:०९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन् । महतले भने, ‘समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको छ । वाह्य क्षेत्र पनि नेपालमा लगानी गर्न सकारात्मक छ । ब्यापार ब्यवसाय गर्ने सहि बेला यही हो ।’

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको समेत बताए छन् । ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्छ महतले भने, ‘माफी गर्नसक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी हुँदैन । केही मानिसहरु राजनीतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो ।’

सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ छ । “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ” उनले भने । अर्थमन्त्री महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*