अंकित मूल्य ५० रुपैयाँमा अकामा होटेलले आइपीओ जारी गर्ने
२४ माघ २०८०, बुधबार १०:२८
काठमाडौँ । अकामा होटेल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव सहित वाषिक साधारण सभा फागुन १४ गते बोलाएको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा छलफल हुनेछ ।