मंगलबार ९ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, अन्यको अवस्था कस्तो ?

२३ माघ २०८०, मंगलवार १६:४४

काठमाडौँ । मंगलबार सेयर बजार अंकले बढेको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ ।

बजारमा निरन्तर दोस्रो दिन समेत सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर २.०८ प्रतिशतले बढेर ११४०.७० बिन्दुमा बन्द भएको हो । आज कारोबारका आएका १९ बैंकहरु मध्य ९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । बाँकी ४ कम्पनीको मूल्य घटेको हो ।

आज सर्वाधिक सेयर मूल्य बढाउने कम्पनीमा प्राइम कर्मसियल बैंक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १.४८ प्रतिशत अर्थात ३ रुपैयाँले बढेर २०४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज सर्वाधिक घट्ने कम्पनीका नेपाल एसबिआई बैंक रहेको छ । बैंकको सेयर मूल्य ०.९९ प्रतिशत अर्थात् २ रुपैयाँ ९ पैसाले घटेर २९० रुपैयाँमा सिमित भएको हो ।

 

 

One thought on “मंगलबार ९ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, अन्यको अवस्था कस्तो ?

  1. कमल निरौला says:

    पर्ख र हेर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*