२० बीमा कम्पनीको शेयरमूल्यमा सुधार, कुनको कति?
काठमाडौं । मंगलबार नेप्से ९ अंकले बढेको छ। शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै आज २० बीमा कम्पनीहरुको मूल्यमा सुधार देखिएको हो।
जीवन बीमा
यस दिन बीमा उपसूचक ०.७५ प्रतिशतले उचालिएको छ। मंगलबार जीवन बीमा सेक्टरबाट कारोबारमा आएका कुल १२ सूचीकृत कम्पनीहरु मध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकी दुई कम्पनीको शेयरमूल्यमा केही गिरावट आएको छ।
आज चार जीवन बीमा कम्पनीहरुको शेयरमूल्य ५०० रुपैयाँमुनि रहेको छ। जसमध्ये हिमालयन लाईफ र सिटिजन लाइफको सर्वाधिक कम क्रमशः ४०८.८० र ४४८.६० रुपैयाँ रहेको छ।
त्यस्तै, ८ बीमा कम्पनीहरुको शेयरमूल्य ५०० रुपैयाँमाथि रहेको छ। जसमध्ये लाइफ इन्स्योरेन्स कर्पाेरेशनको एक हजार ३९०, एशियन लाइफको ६९० र नेपाल लाइफको ६१८.१० रुपैयाँ रहेको छ।
निर्जीवन बीमा
आज निर्जीवन बीमा उपसूचक १.०७ प्रतिशतले उकालो चढेको छ। यस दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन्। जसमध्ये १० कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाउदा दुई कम्पनीको शेयरमूल्यमा भने रातो पोतिएको छ।
यता पाँच निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य ७०० रुपैयाँभन्दा कम रहेको छ। जसमध्ये सानिमा जीआईसी र आईजीआई प्रूडेन्सियलको सर्वाधिक कम क्रमशः ५२३.७० र ५६२ रुपैयाँ रहेको छ।
त्यस्तै, ७ कम्पनीको शेयरमूल्य ७०० रुपैयाँमाथि रहेको छ । जसमा राष्ट्रिय बीमा कम्पनीको १४ हजार १००, नेपाल इन्स्योरेन्सको ८९७ र नेको इन्स्योरेन्सको ८४८ रुपैयाँ रहेको छ।