२८ अर्बमाथिको आइपीओ र हकप्रदलाई कामु अध्यक्षले नै स्वीकृत दिने बिषयमा धितोपत्र बोर्डमा अन्यौल ?
काठमाडौं । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त भएको छैन ।साढे २३ अर्बको आइपीओ र पाँच अर्बको हकप्रद स्वीकृतीको पखाईमा रहेको बेला कामु अध्यक्षलाई नै यो जिम्मेवारी दिने बिषयमा पुँजीबजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्ड नै यति बेला अन्यौलमा देखिन्छन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । सो गठन समितिले कार्यविधि बनाएर आगामी बैठकले पारित गर्ने र पारित भए लगत्तै अध्यक्ष नियुक्त गर्न सूचना निकाल्ने तयारी गरेको छ ।
छनोट प्रकृयामार्फत हुने भएकाले यसको समय लम्बिने देखिन्छ ।
धितोपत्र निष्कासन अनुमति नपाउँदा कम्पनीहरूले पूर्वनिर्धारित समयमा सेयर निष्कासन गर्न नपाएको मात्र होइन, वार्षिक व्यावसायिक योजना पनि अवरुद्ध भएको सरोकारवालाको गुनासो गर्दै आएका छन् ।
सेयर निष्कासन अनुमति रोकिएपछि हालसम्म बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनी संख्या ४२ पुगिसकेको छ ।
त्यस्तै, हकप्रद निष्कासनका लागि आवेदन दिएपछि सेबोनबाट मागिएका थप कागजात तथा प्रक्रिया पूरा भइसके पनि अझै अनुमति पाउन नसकेको एक कम्पनीले बताएका छन्।
नियामक निकाय बीमा प्राधिकरणबाट पुँजी जुटाउने दबाब आईसकेको तर पनि बोर्डमा सम्पूर्ण कागजी प्रकृया पुराएपनि कम्पनीले हकप्रदको स्वीकृी पाउछौ भन्ने बिषयमा टुंगो लागेको छैन ।
त्यस्तै, हाईड्रोपावरको सेक्टर पनि बोर्डको स्वीकृतीको आशमा बसेको छ । गत बर्ष नै आवेदन दिएको उक्त संस्थाको फाइल हेर्ने काम सकिएर अन्तिम स्वीकृतिको चरणमा रहे पनि अध्यक्ष नहुँदा सेयर निष्कासन अनुमति नपाइएको उनको भनाइ छ ।
निवर्तमान अध्यक्ष हमालको कार्यकाल सकिएपछि लामो समयसम्म बोर्ड अध्यक्षविहीन बन्यो । दुई साताअघि मात्र अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई दैनिक कमकाज हेर्ने गरी कामु अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसपछि सञ्चालक समितिको बैठक पनि बसेको छ ।
पछिल्लो एक महिनायता कुनै पनि कम्पनीले आईपीओ, हकप्रद सेयर, ऋणपत्र निष्कासनका लागि अनुमति पाएका छैनन् ।
अध्यक्ष नभएको अवस्थामा नयाँ लाइसेन्स, कारबाहीबाहेक दैनिक कामकारबाही नरोकिएको कामु अध्यक्ष एवं कार्यकारी निर्देशक नवराज अधिकारीको दाबी छ ।
रोकिएका आईपीओ, एफपीओ, ऋणपत्रलगायतको अनुमति प्रक्रिया अघि बढाउनेबारे छलफल भएपनि हालसम्म कामु अध्यक्षले नै यो जिम्मेवारी वहन गर्ने भनेपनि हालसम्म कुनै निर्णय नभएको स्रोतका अनुसार बुझिएको छ ।
आगामी सञ्चालक समितिमा छलफल गरी अनुमतिको प्रक्रिया थालिने अधिकारीले जनाए । प्रिमियम मूल्यमा वा कैफियत लगायतका बिषयमा उनले निर्णय गर्न नमिल्ने बताँउछन् ।
अध्यक्ष नभएको अवस्थामा पनि धितोपत्र बोर्डको सञ्चालक समितिले सेयर निष्कासनलगायत अनुमति दिन पाउँछ । तर विवादित हुने डरले सञ्चालक समितिले त्यस्ता निर्णय नगर्ने अभ्यास छ ।
बोर्ड स्रोतले भन्यो, ‘कामु अध्यक्षलाई दैनिक कामकाजको मात्र जिम्मेवारी दिएको हुन्छ । अरू सञ्चालकले विवादित हुने डरले त्यस्ता निर्णय गर्दैनन् ।’ यसकारण सञ्चालकहरूले अरुचि देखाउँदा प्रक्रियामा रहेको आईपीओ प्रभावित भएको स्रोतको दाबी छ ।
बोर्डका अनुसार विभिन्न क्षेत्रका गरी २९ वटा कम्पनीले आईपीओ निष्कासनका लागि मात्र सेबोनमा आवेदन दिएका छन् । ती कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यसबाहेक हकप्रद सेयर, एफपीओलगायतमा परेको आवेदन पनि जोड्दा यस्तो रकम धेरै हुने स्रोतले बताएको छ ।
बोर्ड अध्यक्षका लागि गठित सिफारिस समितिको पहिलो चरणको बैठक बसिसकेको र अध्यक्ष छनोटका लागि कार्यविधि बनाउने निर्णय भएको स्रोतको भनाइ छ । कार्यविधि बनाएपछि अध्यक्षका लागि आवेदन आह्वान गरिने बताइएको छ ।