एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी, कैलालीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै अब बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारीक सदस्यले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म र फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
यस सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्द तथा बैंकको सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।
यस बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित मोबाइल तथा इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।