साम्लिङ पावरको शेयरमा नकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए निराश !
२३ माघ २०८०, मंगलवार १५:१४
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ८७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज साम्लिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेर कारोबार भएको हो ।
त्यस्तै, नेपाल दूरसंचार कम्पनी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सानिमा ग्रोथ फण्ड, मिड सोलु हाइड्रोपावर, १०.५% नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२, किसान लघुवित्त, बरुण हाइड्रोपावर, मेगा म्युचुअल फण्ड १ र ९.५% मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५ का लगानीकर्ता आज सर्वाधिक निराश भएका छन् ।