हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालले लिए शपथ
२३ माघ २०८०, मंगलवार १३:२५
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवालले सोमवार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका छन् ।
शपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यभकामना व्यक्त गरेका छन्।कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताएका छन् ।
कम्पनीको अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।
सो सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित संचालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।