स्थायी र ओभरनाइटबाट पाँच खर्ब १५ अर्ब तरलता उपयोग

२३ माघ २०८०, मंगलवार १३:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत रु. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु. ५१३ अर्ब ९१ करोड गरी कुल रु. ५१५ अर्ब ११ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।

त्यस्तै, निक्षेप संकलन बोलकबोलमार्फत रु. ३१५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद रु. ३०९९ अर्ब ४६ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्रिय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी रु. ३६६ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी रु. ३५८ अर्ब ९० करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२४२ अर्ब ८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब २८ करोड बिक्री गरी रु.२९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*