महुली लघुवित्तको मुनाफा साढे २ करोड माथि, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ६१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको रिपोर्टमा यस्तो देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद ब्याज १२ करोड २३ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १५ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
पुष मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा १.४६ प्रतिशतले घटेर ३ करोड ७३ लाख रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ, जगेडा कोष २३ करोड १९ लाख रुपैयाँ, वितरणयोग्य नाफा ७करोड ६३ लाख रुपैयाँ र खराब कर्जा ४.६४ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ६६ पैसा छ ।